हलिउड नायिका जेनिफर एनिस्टनले भने कोरोना भाइरसविरुद्ध सहयोग रकम जुटाउन अनौठो घोषणा गरेकी छन् । उनले सहयोग रकम जुटाउन आफ्नो नग्न तस्बिर लिलामी गर्ने घोषणा गरेकी छन् । कोरोना भाइरस पीडितलाई सहयोग गर्ने उद्देश्यले जेनिफरले सन् १९९५ को नग्न तस्बिर लिलामी घोषणा गरेकी हुन् । जेनिफर आफ्नो टिभी सो फ्रेन्ड्सका कारण अधिक चर्चामा थिइन् । तस्बिर लिलामीबाट आउने पैसा कोरोना भाइरससँग लड्न प्रदान गर्ने उनले बताएकी छिन् । उनले एक भिडिओसँगै लिलामीमा राखेको उक्त तस्बिर सेयर गरेकी । तस्बिरको मूल्य ६५ हजार डलर राखिएको छ । आर्थिक रूपमा कमजोर वर्गका लागि निःशुल्क कोरोना भाइरस परीक्षण र उपचारको सुविधा दिइरहेको एक संस्थालाई उक्त रकम दिइने बताइएको छ । जेनिफरको यस कदमको उनका फ्यानले निकै तारिफ गरिरहेका छन् ।