बलिउड अभिनेता अक्षय कुमार फोर्ब्सको सूचीमा परेका छन् । फोर्ब्स म्यागेजिनले तयार पारेको संसारका सय जना सेलिब्रेटीको सूचीमा पर्ने उनी बलिउडका एक्ला कलाकार हुन् । विश्वका सबैभन्दा धेरै आम्दानी गर्ने एक सय सेलेब्रिटीको सूची उनीहरूको वार्षिक आम्दानीका आधारमा सार्वजनिक गरिन्छ । यस वर्ष कलाकार काइली जेनर सूचीको पहिलो स्थानमा पर्न सफल भएकी छिन् । उनले यो वर्ष ५९० मिलियन डलर आम्दानी गरेकी छिन् । यसै गरी सूचिको दोस्रो स्थानमा र्यापर कान्ये वेस्ट परेका छन् । भारतका एक्ला प्रतिनिधि अक्षय कुमार फोर्ब्स २०२० को सूचीको ५२ नम्बरमा छन् । उनको यस वर्षको आम्दानी ४८.५ मिलियन डलर रहेको छ ।