भारतिय अभिनेत्री सुस्मिता सेन लामो समय पछी अभिनयमा फर्किएकी छिन् । भारतकी पहिलो मिस युनिभर्स सेन आफ्नो नयाँ वेब सिरिज ‘आर्या’ बाट अभिनयमा फर्किएकी हुन् । उनले ‘आर्या’ को फस्ट लुक पनि ‍सार्वजनिक गरेकी छन् । सुस्मिता यो सिरिजमा खेलाडीको रूपमा देखिने छिन् । सुस्मिताले यस सिरिजमा आफ्नो लुक परिवर्तन गर्न खोज्दै छिन् । शोमा उनले क्राइम डिटेक्टिभको भूमिका निर्वाह गर्ने छिन् । वेभसिरिजलाई सोनम कपुर अभिनित ‘निरजा’ का निर्देश राम माधवानीले निर्देशन गर्दै छन् ।