बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री क्याट्रिना कैफको जोडिलाई अन स्क्रिनमा एकसाथ हेर्न धेरै दर्शकले चाहेका थिए । दर्शकको यो चाहना अब भने पुरा हुने भएको छ । यी दुईलाई जोया अख्तरको आगामी चलचित्रमा देखिने भएको हो । जोया अख्तर र रणवीर सिंह तेस्रो पटक सहकार्य गर्दै छन् भने क्याट्रिनाले पनि काम गरिसकेकी छिन् । यी दुईलाई एकसाथ रोहित शेट्टीको 'सूर्यवंशी'को क्लाईमेक्स सिनमा देख्न सकिन्छ यद्यपि दुईको मुख्य भूमिका रहने चलचित्र भने जोयाको ग््याङ्स्टर ड्रामामा आधारित चलचित्रमा पहिलो पल्ट देख्न पाइने भएको हो । कोरोना भाइरसका कारण लामो  बन्द भएको भारतीय फिल्म इन्डस्ट्री बिस्तारै खुल्ने भएको छ । छायाङ्कनमा रोकिएका चलचित्रको काम पनि सुरु हुने भएको छ ।