अभिनेत्री निरिषा बस्नेतलाई कोरोना सङ्क्रमण भएको छ । मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी निरिषालाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि चिकित्सकको निगरानीमा छिन् । उनको स्वास्थ्य अवस्था बारेमा यति बेला सम्म आधिकारिक जानकारी दिइएको छैन । निरिषाको नेपाली चलचित्र 'जानी नजानी'मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी निरिषा कलाकार स्क्रिप्ट राइटर विश्व बस्नेतकी छोरी हुन् । उनले केही समय बलिउडमा काम गरिसकेपछि नेपाली चलचित्र जानी नजानी नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् । उनले भारतमा भारतीय सिरियल 'चन्द्र नन्दिनी' मा काम गरिसकेकी छिन् । उनी यति बेला भारतमा नै रहेर कलाकारितामा सङ्घर्ष गरिरहेकी छिन् ।