अमेरिकन गायिका बोनी पोइन्टरको निधन भएको छ । ६९ वर्षीय बोनीको सोमबार हृदयाघातका कारण निधन भएको बताइएको छ । उनको मृत्युबारे उनकी बहिनी अनिताले पुष्टि गरेकी छन् । बोनी सहित उनका तीन दिदीबहिनीसँग मिलेर ‘पोइन्टर सिस्टर्स’ नामको ब्यान्ड सुरु गरेका थिए । ग्रामी अवार्ड विजेता पोइन्टर दिदीबहिनीहरू, जो हिट्स जम्प (फर माई लभ) को लागि सबैभन्दा बढी परिचित थिए । उनकी बहिनी अनिताले आफ्नो परिवार विनाश भएको बताएकी छिन् । उनले सम्पूर्ण ‘पोइन्टर सिस्टर्स’ र पोइन्टर परिवारका तर्फबाट उनका लागि प्रार्थना गरिदिन आग्रह गरेकी छिन् । सन् १९७० मा लोकप्रिय भएका ‘पोइन्टर सिस्टर्स’को सन् १९७५ मा निस्किएको ‘फेयरिटेल’ गीतले यो ब्यान्डलाई पहिलो ग्रामी अवार्ड दिलाउन सफल भएको थियो । तर यसको दुई वर्षपछि बोनीले ब्यान्ड छाडेर एकल गायनमा सक्रिय थिइन् ।