बलिउड अभिनेता सोनु सुद लकडाउनमा सहरमा फसेका प्रवासी मजदुरको राहत, उद्धार तथा सहयोगमा खटिए ।  सामाजिक कार्यमा लामो समयदेखि लागी परेका उनै अभिनेता सोनु विवादमा तानिएका छन् । उनी राजनीतिक कुराले विवादमा तानिएका हुन् । शिव सेनाका नेता सञ्जय राउतले सोनुले राजनीतिबाट प्रेरित भएर प्रवासीका लागि मद्दत गरेको बताएका छन् । उनले बीजेपीको इसारामा सोनु प्रेरित भएको उनी कठपुतली बनेको र अब चुनाव प्रचारमा जना लागेको आरोप लगाएका हुन् । यिनै टिप्पणीले विवादमा तानिएका सोनुले आफूले कसैका लागि केही पनि नगरेको स्पष्ट पारेका छन् । यसबारे उनी भन्छन्, 'मेरो राजनीतिमा आउने कुनै योजना छैन। म कला क्षेत्रमै सन्तुष्ट छु। अझै मेरो लागि गर्नका लागि धेरै कुरा छ ।' आफूले अप्ठ्यारोमा परेकाका लागी मनबाट सहयोग गरेको गरेको उनले स्पष्ट पारेका छन् ।