बलिउडका चर्चित एवम् कुशल अभिनेता सुशान्त सिंह राजपुतले आइतबार आत्महत्या गरे । यो घटनाले सम्पूर्ण बलिउड र उनका शुभचिन्तक त शोकमा डुबे । उनको मृत्युको पिडा सबैभन्दा भारी परेको छ उनको परिवारलाई ।  त्यो भन्दा बढी गाह्रो उनको परिवारलाई परिरहेको छ । उनको अन्तिम संस्कार सोमबार मुम्बईको विले पार्ले श्मशान घाटमा गरियो । सुशान्त सिंहको मृत्युसँगै उनको परिवारमा अर्को दुखद र अप्रिय घटना घटेको छ । राजपुतको निधनले विक्षिप्त बनेकी भाउजू सुधा देवीको पनि निधन भएको छ । भाउजू सुधा देवीले सोमवार निधनको खबर पाएकी थिइन् । विहारको पूर्णिया जिल्लास्थित पैतृक गाउँमा बस्दै आएकी उनी यो खबर सुन्नासाथ विक्षिप्त भइन् । उनी डिप्रेसनमा गइन् । खाना पानी सबै छाडेकी उनले सोमवार अपराह्न प्राण त्यागिन् । जति बेला मुम्बईमा सुशान्तको दाहसंस्कार हुँदै थियो ।

सुशान्तको पैतृक गाउँ पूर्णिया जिल्लाको मलहीहामा पर्छ । भाउजू काकाको छोरा (दाइ)की श्रीमती हुन् । उनको मृत्यु सुशान्तको दाहसंस्कार हुने क्रममा भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छोराको मृत्युले विक्षुब्ध बनेको उनको परिवारमा अर्को पनि घटना घट्यो । जसलाई बिर्सेर अगाडी बढ्न परिवारको लागी निकै नै कठिन हुने छ । सुशान्तको अन्तिम संस्कारमा श्रद्धा कपुर, कृति सेनन, अरुण शौरी, विवेक ओबेरायलगायत कैयौँ कलाकार पुगेका थिए । उनको मृत्युले बलिउडमा एउटा कहिल्यै नपुरिने क्षति भएको छ ।