बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्या होइन नियोजित हत्या हो भनि बलिउडमा विवाद चुलिएको छ । बलिउडमा व्यथित परिवारवादको सिकार बनाइएर राम्रो क्षमता भएका एक कलाकारले आफ्नो ज्यान नै लिने स्थिति आउने निकै निन्दनीय छ । बाहिरबाट निकै सुन्दर देखिने बलिउड भित्र भएको यो कालो छायाँ बाहिरिए पछि बलिउड प्रेमीहरूमा एक किसिमको निराशा पैदा भएको छ । जसको कारण परिवारवादलाई बढावा दिने कलाकार तथा फिल्म कर्मीको विरुद्ध दर्शक रुष्ट बनेका छन् । परिवारवादको पछि लाग्दै राम्रा कलाकारलाई अवसर नदिने भन्दै केही निर्माता, निर्देशक तथा कलाकारलाई नै दर्शकले बहिष्कार गर्ने अभियान चलाइरहेका छन् । परिवारवादलाई बढावा दिएको भनि नायिका आलिया भट्ट र सलमान खानको धेरै नै विरोध भइरहेको छ । जसका कारण उनीहरूको सामाजिक सञ्जालमा समेत फलोअर्सको सङ्ख्या घटिरहेको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा आलियालाई ९ लाखले अनफलो गरेका छन् । सुशान्तको निधन हुनु अघि आलियाको इन्स्टाग्राममा ४ करोड ८९ लाखको हाराहारीमा फलोअर्स थिए । निधन भएसँगै उनको फलोअर्स घटेर ४ करोड ८० लाख पुगेका छन् ।
यस्तै निर्देशक-निर्माता कारण जोहरको फलोअरसको सङ्ख्या ११.० मिलियनबाट घटेर १०.८ मिलियनमा आएको छ । अभिनेत्री सोनम कपुर र अभिनेता सलमान खानलाई फलो गर्नेको सङ्ख्या पनि घटिरहेको छ । यसै क्रममा अभिनेत्री कङ्गना रानावतको फलोअर्स भने बढेका छन् । उनले सुशान्त परिवारवादको सिकार भएको र उनको आत्महत्या नभएर योजना भएको बताएकी छिन् । उनको यस हिम्मतलाई सम्मान गर्दै इन्स्टाग्राम उनलाई फलो गर्नेको सङ्ख्या बढिरहेको छ । उनका फलोअर्स केही दिनमै २ मिलियनबाट ३.६ मिलियनमा पुगेका छन् ।