हलिउड अभिनेत्री क्रिस्‍टेन स्टेवार्ट राजकुमारी डायनाको रूपमा प्रस्तुत हुने भएकी छिन् । डायना र राजकुमार चार्ल्सको सम्बन्ध विच्छेदबारे बन्न लागेको चलचित्र 'स्पेन्सर'का लागि 'ट्वाइलाइट' अभिनेत्री स्टेवार्ट फाइनल भएकी हुन् । चलचित्रलाई पाब्लो लार्रेनले निर्देशन गर्ने छन् भने यसको कथा स्टेभेन नाइटले लेख्दै छन् । सन् १९९० दशकको घटनाक्रममाथि बन्ने चलचित्रमा सान्डिन्घ्रमको सेटिङ रहने छ । डायनाले आफ्नो वैवाहिक जीवन सुखद नरहेको महसुस गरे देखी  राजकुमार चार्ल्ससँग भएको सम्बन्ध विच्छेदको घटना क्रम चलचित्रको कथा रहने बताइएको छ । चलचित्र बारे निर्देशक पाब्लो भन्छन्, 'हामीले एक महिलाको पहिचान र उसले आफ्ना लागि गर्ने निर्णयको कथा देखाउन चाहेका हौँ । त्यो निर्णय जसले उनलाई रानी बन्नबाट वञ्चित गर्‍यो ।'