बेलायती गायिका डेम भेरा लिनको निधन भएको छ । दोस्रो विश्व युद्धको समयमा गीत गाएर चर्चा कमाएकी लिनको १०३ वर्षको उमेरमा निधन हो । उनले बिहीबार बिहान आफ्नै निवासमा आफन्तहरूका बिच अन्तिम सास फेरेको उनको पारिवारिक श्रोतले जनाएको छ । उनको परिवारले उनको मृत्युले गीत सङ्गीतको क्षेत्रमा निकै ठुलो क्षति भएको र उनका शुभचिन्तकलाई ठुलो चोट परेको बताएका छन् । सात वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी उनले गीत गाउनकै लागि विद्यालय छाडेकी थिइन् । युद्धको बेलामा उनको गाएको 'वि विल मिट अगेन', ' द ह्वाइट किल्फ अफ डोभर' नाम गरेको गीतको निकै चर्चा भएको थियो । युद्धको बेलामा सङ्गीतले एकीकृत गर्न सफल भएकी उनलाई 'द फोर्सेस स्वीटहर्ट' का रूपमा समेत बोलाइन्थ्यो । अमेरिका, भारत, बर्मामा समेत कन्सर्ट गरेकी थिइन् । केही समय अगि अगि मात्र उनले आफ्नो अन्तिम एल्बम निकालेकी थिइन् जसले उनलाई सबैभन्दा बढी उमेरमा एल्बम सार्वजनिक गर्ने गायिकाको उपाधि समेत दिलायो । २२ वर्षको उमेरमा एक मिलियन भन्दा बढी एल्बम बेच सफल उनका 'ह्वाइट क्लिफ्स अफ डोवर', 'देयर विल अल्वेज बि एन इङ्ल्याण्ड', 'आइ विल बि सिइङ यु', 'विसिङ' र 'इफ अन्ली ऐ ह्याड विङ्स' लगायत गीतहरू निकै चर्चित छन् ।