बलिउडमा नेपोटिजमको मुद्दा निकै उचाइमा पुगेको छ । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि उब्जिएको परिवारवादको मुद्दाले बलिउडका ठुला निर्माता, निर्देशक र कलाकारहरू माथि ठुलो प्रश्न खडा भएको छ । यसैको सिकार भएर सिंहले आत्महत्याको बाटो रोजेको भ नि नातावादलाई संरक्षण गरेको भनी सलमान खान, करण जोहर, एकता कपुर लगायत ८ जनाविरुद्ध अदालतमा उजुरी समेत दर्ता गरिएको छ । यो विषयका कारण सलमान खान विरुद्ध दर्शक ओइरिएका छन् । यसरी दर्शक तथा शुभचिन्तक आफू विरुद्ध लागिपरेपछि सलमानले यसबारे मुख खोलेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै आफ्ना फ्यानलाई सुशान्तको परिवार तथा फ्यानलाई साथ दिन आग्रह गरेका छन् । उनले आफ्ना फ्यानलाई सम्बोधन गर्दै आफ्ना सबै फ्यानसँग सुशान्तका फ्यानलाई साथ दिन आग्रह गरेका हुन् । उनी भन्छन्, 'उनीहरूको भाषा र लाञ्छनाप्रति ध्यान नदिनुस् । ताकी यसको पछाडिको भावना हेर्नुस् । कृपया सुशान्तको परिवारलाई सहयोग गर्नुस् । उनका परिवार र फ्यान्ससँग उभिनुस् । किनकि आफ्नालाई गुमाउनु निकै पीडादायक हुन्छ ।’