बलिउडमा परिवारवादको नाममा भइरहेको आलोचना एक किसिमले प्रासङ्गिक पनि रहेको छ । एउटा उम्दा अभिनेताले यही परिवारवादको नाममा मृत्यु रोज्नु पर्ने स्थिति आउनु सामान्य होइन । तर यति बेला बलिउड घृणा र वितृष्णा निकै नराम्रो गरी फैलिरहेको छ । पारदर्शी र सभ्य आलोचनाको सट्टा मौलाएको दोषारोपण र तुच्छ आरोपले जस्तो पनि रूप लिन सक्ने आशङ्का गर्न सकिन्छ । सामाजिक सञ्जालमा असभ्य गाली, ट्रोल र तुच्छ आरोपले बलिउडका केही फिल्म कर्मी हैरान भएका छन् । परिवारवादलाई संरक्षण गर्ने मात्र होइन परिवारवादबाट आएका कलाकार त यस डिजिटल आक्रमणबाट आक्रान्त भएका छैनन् अन्य कला कर्मी पनि सचेत र यस नकारात्मकता बाट विचलित देखिन्छन् । यसैबिच केही कला कर्मीले आफूलाई सामाजिक सञ्जालबाट टाढा बनाइसकेका छन् । यसै क्रममा यस विषयले आफुलाई पनि असर गरेको भन्दै गायिका नेहा कक्कड पनि आफु केहि समय यो अशान्तिबाट टाढा हुन लागेको संकेत गरेकी छिन् । 

सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै गायिका नेहा लेख्छिन्, 'म अब सुत्न जाँदै छु, कृपया मलाई संसार राम्रो भएपछि मात्र उठाइदिनु होला । संसार जहाँ स्वतन्त्रता होस्, प्रेम होस्, सम्मान होस्, हेरचाह होस्, रमाइलो होस्, स्वीकार्यता होस्, असल व्यक्तिहरू हुन्। जहाँ घृणा नेपोटिज्म, ईर्ष्या, हिटलर, नराम्रो व्यक्ति नहुन्'। उनले आफू मर्न होइन केही समय यो घृणाले भरिएको भर्चुअल दुनियाँबाट टाढा रहन चाहेको पनि लेखेकी छिन् ।