'ब्याटम्यान'का निर्देशक जोल शुमाकरको निधन भएको छ । हलिउडको चर्चित चलचित्र 'ब्याटम्यान' निर्देशकको ८० वर्ष उमेर निधन भएको हो । लामो समयदेखि क्यान्सरबाट पीडित उनको उपचारका क्रममा सोमवार निधन भएको हो । सन् १९८१ को साइन्स फिक्सन 'द इनक्रेडिबल श्रिंकिंग वुमन' बाट उनले निर्देशनमा डेब्यु गरेका हुन् । उनले 'फ्ललेस', 'डिसी क्याब', 'द लास्ट बोइज', 'फलिंग डाउन', 'द क्लायंट' र 'अ टाइम टू किल' जस्ता चर्चित र सफल चलचित्रको निर्देशन गरेका छन् । कस्ट्युम डिजाइनरका रूपमा करियरको सुरुआत गरेका उनले 'स्लीपर', 'इंटीरियर्स', 'द लास्ट अफ शीला', 'द प्रिजिनर अफ सेकंड ऐवेन्यू' र 'ब्लूमे इन लभ' जस्ता चर्चित हलिउड चलचित्र को कस्ट्युम डिजाइन गरेका थिए ।