निर्माता तथा निर्देशक करण जोहरको विवादित शो ‘कफी विथ करण’ बन्द हुने भएको छ। समय समयमा विवादमा तानिइरहने यस शो अब भने प्रसारण नहुने भएको छ । करणको यो शो प्रसारण गर्ने च्यानल स्टार वर्ल्ड भारतमा प्रसारण नहुने भएको हो । भारतबाट स्टार वर्ल्ड च्यानल बन्द गर्ने योजना पछिल्ला केही वर्षदेखि चलिरहेको थियो । च्यानल बन्द भए पनि स्टार वर्ल्डले करणको च्याट शोलाई आफ्नै दोस्रो च्यानलबाट प्रसारण गर्ने निर्णय लिएको थियो । तर यो च्याट शोलाई लिएर भएको तमाम विवादलाई मध्यनजर राख्दै उक्त च्यानलले आफ्नो च्यानलमा यो शो नदेखाउने निर्णय लिएको हो । अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि उठेको विवादले करणलाई निशाना बनाएको थियो । करणले नातावादलाई बढवा दिने र बाहिरबाट आएकालाई अगाडी बढ्न नदिने भनि उनको विरोध हुनुका साथै अभियान समेत दर्शकले चलाएका छन् ।