पछिल्लो समय बलिउडका बिग ब्यानरका चलचित्र धमाधम डिजिटल प्लेटफर्मबाट रिलिज भइरहेका छन् । भारतमा दिनानुदिन कोरोना भाइरस सङ्क्रमित बढिरहेका छन् भने मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ । यसले गर्दा बन्द भएका हलहरू अझै कति समय बन्द नै रहने टुङ्गो नभएपछि रिलिजको तयारीमा रहेका चलचित्रले रिलिजको उपाय खोजिरहेका छन् । दर्शकको डिजिटल पहुँच बढिरहेका बेला यसैलाई प्रयोग गर्दै निर्माताले एक पछि अर्को चलचित्र रिलिज गर्ने तयारी गरिरहेका छन् । यसै बिच प्रदर्शनको तयारीमा रहेको अक्षय कुमार स्टारर चलचित्र लक्ष्मी बम पनि डिजिटल रिलिज हुने भएको छ । हरर कमेडी जनरामा बनेको यस चलचित्र डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको छ । मिल फिल्मको हिन्दी रिमेक यस चलचित्रमा अक्षय र कियारा अडवाणीको मुख्य भूमिका रहेको छ ।