अमेरिकन कमेडियन कार्ल रीनरको ९८ वर्षको उमेरमा निधन भएको छ । कार्लको निकट श्रोतका अनुसार उनको क्यालिफोर्नियाको बेवर्ली हिल्सस्थित आफ्नै घरमा सोमवार राती निधन भएको हो । आफ्नो सात दशकको करिअरमा हलिउडलाई निकै ठुलो योगदान दिएका कार्लको मृत्युले हलिउड स्तब्ध बनेको छ । सामाजिक सञ्जालमा हलिउड कलाकार तथा उनका शुभचिन्तकहरूले श्रद्धाञ्जली दिइरहेका छन् । वेस्ट प्रोड्यूसर, राइटर, कमेडियन र एक्टरको रूपमा स्थापित उनी एक कुशल लेखक, कलाकार तथा निर्देशक हुन् । उनले ‘इट्स अ म्याड’, ‘म्याड वर्ल्ड’, ‘ह्याप्पी एनिभर्सरी’, ‘द जर्क’, ‘द रशियन्स आर कमिङ’ लगायतका फिल्ममा काम गरेका छन् । आफ्नो लामो अभिनय करिअरमा कयौँ अवार्ड जित्न सफल भएका उनले सफल कमेडी चलचित्रहरू पनि निर्देशन गरेका थिए । उनले ११ वटा एमी अवार्ड र एउटा ग्रामी पुरस्कार पनि पाएका थिए ।