चलचित्र 'वार'बाट नायिका वाणी कपुरको नयाँ चलचित्र आउने भएको छ । ‘वार’मा काम गरे पनि खासै चर्चामा आउन नसकेकी उनी चलचित्र ‘बेलबटम’मा देखिने भएकी हुन् । यस चलचित्रमा उनी अक्षय कुमारसँग पहिलो पटक स्क्रिन सेयर गर्न लागेकी हुन् । रञ्जित एम तिवारीले निर्देशन गर्ने चलचित्र ज्याकी भगनानी र वासु भगनानीको निर्माण गर्ने छन् । २०२१ को अप्रिल २ मा रिलिज हुने बताइएको चलचित्रको लागी ८० को दशकको सेट बनाएर छायाङ्कन गरिने छ । जासुसको कथामा तयार हुन लागेको चलचित्र थ्रिलर जनरामा निर्माण हुने छ । निर्माण ज्याकी भगनानीले वाणीको अभिनय आफूलाई मन पर्ने भएकाले पनि नायिकाको रूपमा उनलाई छनोट गरेको बताएका छन् भने वाणी आफ्नो भूमिकाले दर्शक उत्साहित बनाउने वाणीले बताएकी छिन् ।