चर्चित भारतीय नृत्य निर्देशक सरोज खानको निधन भएको छ । ७२ वर्षीय उनको बिहीबार राति निधन भएको हो । हृदय घात भएपछि गत महिना उनलाई मुम्बईको गुरु नानक अस्पताल भर्ना गरिएको थियो । बलिउडमा झन्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन् । सञ्जय लीला भन्साली निर्देशित 'देवदास' सिनेमाको 'डोला रे डोला', माधुरी दीक्षित अभिनित 'तेजाब'को 'एक दो तीन' र 'जब वि मेट' चलचित्रको 'ए इश्क हाय' लगायत चर्चित गीतमा सरोजले नृत्य निर्देशन गरेकी थिइन् । नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी उनले अन्तिम पटक करण जोहर निर्मित चलचित्र 'कंलक'को ' तबाह हो गई' गीतमा कोरियोग्राफी गरेकी थिइन् । उनको निधनले बलिउडमा निकै ठुलो क्षति भएको छ । उनको मृत्युमा बलिउडका चर्चित कलाकार देखी फिल्म कर्मीले दुख व्यक्त गरेका छन् । सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन् ।