चर्चित गायक उदित नारायण झाले सफल भएकै कारण आफूलाई २२ वर्षसम्म निरन्तर धम्की आएको बताएका छन् । उदितले चलचित्र ‘कुछ कुछ होता हे’मा समावेश गीत हिट भएपछि आफूलाई धम्की आउन थालेको बताएका हुन् । बलिउडमा प्रवेश गरेको ४० वर्ष पुगेको अवसरमा भारतीय मिडियासँग कुरा गर्दै उनले सन् १९९८ मा चलचित्र ‘कुछ कुछ होता हे’ हिट भएपछि उनलाई पैसा माग्दै फोन आउन थालेको बताएका हुन् । उनले फोनमा आफूलाई काम छाड्नका लागि धम्की समेत आएको र ‘एउटा समूह थियो, जसले मेरो नामको सुपारी पनि दिएको समेत खोलेका छन् । झाले उनीसँग आफू असुरक्षित महसुस गर्ने गरेको र मुम्बई क्राइम ब्रान्चमा निवेदन दिएपछि २ जना सुरक्षा गार्डको प्रबन्ध भएको भारतीय मिडियासँग बताएका हुन् । उदितका अनुसार, उनलाई गत वर्षसम्म पनि धम्की आइरहेको र २२ वर्षसम्म आफूले डराएरै जिन्दगी बिताएका थिए । करिअर सुरुवात गर्दा निकै समस्या भएको र डिप्रेसनमा धेरै पटक गएको र कहिलेकाहीँ आत्महत्याको सोच पनि आउने गरेको सुनाएका छन् ।