हालै लद्दाखको गलवान उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएको घटनामा पनि फिल्म बन्ने भएको छ । अभिनेता अजय देवगनले यस चलचित्र निर्माण गर्ने भारतीय मिडियाले जनाएका छन् । उनले 'भुज' नामक भारतीय सेनाकै विषयको चलचित्रपछि यो हिंसात्मक झडपलाई लिएर फिल्म बनाउने घोषणा गरेका हुन् । पछिल्लो समयमा बलिउडमा राष्ट्रवादी फिल्महरूले राम्रो व्यापार गर्न थालेपछि निर्माता तथा अभिनेताहरूको ध्यान यसैतिर तानिएको हो । भारतीय मिडियाले जले यस घटनालाई लिएर चलचित्र बनाउने भने पनि यसबारे अन्य जानकारी सार्वजनिक नगरेको उल्लेख गरेका छन् । कोरोना महामारीको कारण जयको आगामी चलचित्र 'मैदान' ले नयाँ प्रदर्शन मिति तय गरेको छ । अवस्था सामान्य भएपछि चलचित्रको रोकिएको काम सुरु गरिने बताइएको छ ।