बलिउड रियल लाइफ जोडी ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चन यति बेला ग्रहस्थी जीवनमा व्यस्त छन् । विवाहपछि ऐश्वर्या चलचित्रको दुनियाँबाट केही टाठा छिन् । भने अभिषेक केही चलचित्रमा देखिएका छन् । विवाह हुनु अघि नै यी जोडीले केही चलचित्रमा स्क्रिन सेयर गरेका थिए । हालै अभिषेकले ऐश्वर्यासँग अन स्क्रिन रोमान्स गर्ने इच्छा रहेको बताएका छन् । उनले एक राम्रो चलचित्रमा ऐश्वर्यासँग काम गर्न तयार रहेको बताएका हुन् । उनले यस अघि आफूले चर्चामा आउन काम नगरेको र अब पनि आफ्नो काम र कथाले मागेको हिसाबले प्रस्तुत हुने भनेका छन् ।