बलिउड चलचित्रका 'सूरमा भोपाली'को भूमिकाले चिनिने कलाकार जगदीपको निधन भएको छ । बलिउडका चर्चित हास्य कलाकार तथा निर्देशक जगदीपाको ८१ वर्षको उमेरमा बुधवार राति निधन भएको हो । उनले चलचित्र 'शोले', 'अन्दाज अपना अपना' तथा 'राना मन्दिर' चलचित्रमा निभाएको भूमिकाको कारण लोकप्रिय छन् । जगदीपले ४ सय बढी भारतीय चलचित्रमा काम गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । विभिन्न रोगबाट पीडित उनको बान्द्रास्थित घरमै निधन भएको हो । बलिउडले उनको निधनमा शोक व्यक्त गरेको छ । अभिषेक बच्चन, राणावीर सिंह, अजय देबगन, आयुष्मान खुराना, प्रियङ्का चोपडा लगायत कलाकारले शोक व्यक्त गरेका छन् ।