बलिउड अभिनेत्री प्रियङ्का चोपडा हलिउडमा पनि स्थापित हुने क्रममा छिन् । अमेरिकन टेलिभिजन सो ‘क्वान्टिको’बाट चर्चा कमाएकी उनले हलिउड फिल्म ‘बेवाच’मा काम गरेपछि उनलाई धेरै हलिउडका दर्शकले पनि चिन्न थाले । ‘बेवाच’मा ड्वेन जोनसनसँग स्क्रिन सेयर गरेकी उनले ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’लगायतका हलिउड चलचित्रमा काम गरिसकेकी छिन् । अब भने प्रियङ्का हलिउडको लोकप्रिय 'म्याट्रिक्स' सिरिज मा देखिने भएकी छिन् । 'म्याट्रिक्स'को चौथो शृङ्खलाको लागी उनी अनुबन्धित भइसकेकी छिन् । यस सिरिज मा पनि एक्सन स्टार केनु रिब्स मुख्य भूमिकामा रहने छन् ।
लाना वाच्वस्कीले निर्देशन गर्ने यस चलचित्र आगामी वर्षको मे २१ मा प्रदर्शनमा आउने छ । उनले अभिनय गरेको पछिल्लो बलिउड चलचित्र ‘स्काई ईज पिंक’ हो त्यसयता उनले नेट्फ्लिक्सका दुई प्रोजेक्ट ‘द ह्वाइट टाइगर’ र ‘वी क्यान बि हिरोज’ मा काम गरेकी छिन् । गायक निक जोनससँग बिहे गरेपछि हलिउडमा प्रियङ्काको छुट्टै चर्चा र चार्म छ ।