बलिउड नायक सलमान खान पछिल्लो समय निकै विवादित बनिरहेका छन् । बेलाबेला अनेक विषयलाई लिएर विवादमा आउने उनी पछिल्लो समय नातावाद र समूहवादलाई संरक्षण गरेको आरोप लागिरहेको छ । खान आफ्नो जीवन शैलीको कारण पनि चर्चामा आउँछन् । उनी निकै विलासी जीवन बाँच्छन् । उनको फार्म हाउस होस् वा भ्यानिटी भ्यान, हरेक स्थानमा विलासिता देखिन्छ । उनको भ्यानिटी भ्यान समय समयमा च र्चामा आउँछ जुन कुनै मिनी अपार्टमेन्टभन्दा कम छैन । यो एक भ्यान मात्र नभएर सल मानको विलासिता र सोखको उदाहरण हो । यो हेर्दा नै निकै विलासी र आरामदायी देख्न सकिन्छ । यसमा ठुलो आरामदायी कुर्सीसँगै एउटा ठुलो ऐना राखिएको छ जसमा उत्कृष्ट लाइटको व्यवस्था गरिएको छ । यसमा आराम गर्ने ठाउँ छ जहाँ एउटा ठुलो स्क्रिन भएको टिभी समेत राखिएको छ ।
भ्यानिटी भ्यानभित्र स्टाइलिस बाथरुमदेखि सुत्ने कोठासम्मको सुविधा छ । भ्यानभित्रको एउटा भित्तामा उनको एउटा ठुलो तस्बिर राखिएको छ । सलमानले प्रयोग गर्ने यस भ्यानको सिटका लागि उत्कृष्ट क्वालिटीको छालाको प्रयोग गरिएको छ । यो बिलासी भ्यान मात्र नभएर सलमानसँग थुप्रै सुविधा सम्पन्न कारहरू पनि छन् ।