बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ । ७७ वर्षीय अमिताभ बच्चनलाई नियमित जाँचको लागि अस्पताल लागिएको भनिएको केही समयमा नै उनलाई कोरोना पोजेटिभ देखिएको खबर उनी आफैले सार्वजनिक गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई कोरोना पोजेटिभ देखिएको र आफ्ना परिवार लगायत आफू निकट सबैको परीक्षणको नजिता कुरिरहेको बताएका छन् ।

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना पोजेटिभ

उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । उनले पछिल्ला दस दिनमा आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउने समेत जानकारी दिएका छन् । उनको पछिल्लो चलचित्र 'गुलाबो सिताबो' हो जुन केही दिन पहिले ओटिटी रिलिज भएको थियो । सतहै उनको आगामी चलचित्र हो 'ब्रह्मास्त्र' । जसमा रणबीर कपुर र आलिया भट्टको पनि अभिनय रहेको छ ।