बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना पोजेटिभ भएको पुष्टि भएसँगै उनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको खबर आएको छ । अमिताभलाई कोरोना पोजेटिभ देखिएसँगै उनका परिवार र उनी निकट सबैको कोरोना टेस्ट गरिएको थियो । यसबारे अमिताभले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएका थिए । यसै गरी उनका छोरा अभिषेकले पनि यसबारे जानकारी दिँदै आफ्ना बाबुलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो पनि रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् । उनले आफूलाई र आफ्ना बाबुलाई सामान्य लक्षण देखिएको र अस्पताल भर्ना भएको पनि उल्लेख गरेका छन् । उनले सबैलाई नआत्तिन र सकारात्मक हुन सुझाव दिएका छन् । अमिताभ र अभिषेक दुवैको सम्पर्कमा आएका र परिवारका सबैको कोरोना टेस्ट गरिने बताइएको छ । योसँगै बच्चन परिवारका अन्य सदस्यको पनि कोरोना रिपोर्ट पोजेटिभ आउने अनुमान गर्न सकिन्छ । दुबैलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।