बलिउडका बिग बि अर्थात् अमिताभ बच्चनको परिवार कोरोनाको सिकार भएको छ । शनिवार सामान्य कोरोनाको लक्षण देखिएर अस्पताल गएका अमिताभ र अभिषेकको कोरोना टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरूलाई कोरोना सङ्क्रमण देखिए पछि परिवार लगायत सम्पर्कमा आएका सबैको कोरोना टेस्ट गरिएको थियो । शनिवार नै कोरोना टेस्ट गराएका अभिनेत्री ऐश्वर्या राय बच्चन, छोरी आराध्या र जया बच्चनको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । यति बेला अभिषेक र अमिताभ मुम्बईको नानावती अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् । उपचारको क्रममा रहेका अमिताभले अस्पतालबाटै आफ्नो उपचारमा खटिएका स्वास्थ्य कर्मीको प्रशंसा गरेका छन् ।