शनिवार बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिए पछि उनका परिवारका अन्य सदस्यको पनि कोरोना परीक्षण गरिएको थियो । शनिवार नै अमिताभ सँगै केही लक्षण देखिएर अस्पताल पुगेका छोरा अभिषेकको रिपोर्ट पोजेटिभ आएको थियो भने आइतबार बिहान ऐश्वर्या जया आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । अमिताभ र अभिषेकको रिपोर्ट पोजेटिभ आउँदा उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले पुनः तीन जनाको टेस्ट गराएको थियो । जसमा ऐश्वर्या र उनकी ८ वर्षीय छोरी आराध्यको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूलाई कोरोनाको केही लक्षण पनि देखिएको बताइएको छ । उनीहरूलाई मुम्बईको नानावती अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । उनीहरूको मुम्बई स्थित घर पनि सिल गरिएको छ । भारतीय मिडियाका अनुसार अभिषेक बच्चन डबिङ स्टुडियो गएका थिए जहाँ उनले अभिनेता अमित साधको वेब सिरिज 'ब्रेथ २' डब गरेका थिए । अमित साधले पनि आफू पनि कोरोना टेस्ट गराउने उल्लेख गरेका छन् ।  कोरोना भाइरसको स्वाब परीक्षणमा पहिलो पटक रिपोर्ट नेगेटिभ आए पनि पछिल्ला टेस्ट रिपोर्ट पोजेटिभ आउने सम्भावना रहन्छ ।