भारतीय अभिनेता अमिताभ बच्चन र उनको परिवारलाई कोरोना सङ्क्रमण देखिए पछि उनीहरूको स्वास्थ्य लाभको कामना भइरहेको छ । विश्व भर रहेका उनीहरूका शुभ चिन्तकले उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसै बिच नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमित बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्विटरमार्फत उनीहरूको स्वास्थ्य लाभको कामना गरेका हुन् । शनिवार राती बच्चन द्वयमा कोरोना पुष्टि भएको थियो । भने यति बेला ऐश्वर्या र छोरी आराध्यलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।