बलिउड अभिनेत्री सारा अली खानका चालकमा कोरोना सङ्क्रमण देखिएको छ । चालकलाई कोरोना देखिएपछि सारा लगायत परिवार र अन्य कर्मचारीको पनि स्वाब परीक्षण गरिएको थियो । उनीहरूको रिपोर्ट भएन नेगेटिभ आएको छ । यसबारे जानकारी दिँदै साराले सोमबार साँझ इन्स्टाग्राममार्फत् यस कुराको जानकारी दिँदै लेखेकी छन्, 'हाम्रा चालकमा कोरोना देखिएको छ । बीएमसीको सहयोगमा उनलाई क्वारेनटिन पठाइएको छ । म र मेरो परिवारसहित बाँकी कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ र हामीले आवश्यक सावधानी अपनाइरहेका छौँ ।' उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छन् । भारतमा महामारी बनेर फैलिएको कोरोना भाइरस पछिल्ला केही दिन यता बलिउड कर्मीलाई पनि देखिन थालेको छ । यस अघि बलिउडका महानायक अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या र आराध्यमा कोरोना पोजेटिभ देखिएको छ । साथै बोनी कपुर, अमिर खान, रेखा र करण जौहरका लागी काम गर्ने कर्मचारीमा सङ्क्रमण देखिएको छ ।