बलिउड अभिनेता राजकुमार रावको मुख्य भूमिका रहने गरी चलचित्र ‘हिट’को रिमेक बन्ने भएको छ । थ्रीलर सस्पेन्स सफल तेलुगु चलचित्रको बलिउड रिमेक बन्न लागेको हो । यस चलचित्रलाई डाक्टर शैलेष कोलानुले निर्देशन गर्दै छन् । चलचित्र एक प्रहरी अफिसर्सको कथामा आधारित रहेको र चलचित्रका लागि एक जना यस्तो व्यक्तिको अनुहार खोजेको जसले आफ्नो अँध्यारो जीवनलाई प्रस्तुत गर्न सकोस् । आफ्नो विगत र वर्तमानसँग लडिरहेको एक व्यक्तिको भूमिकामा आफूले राजकुमारलाई फिट हुने देखेपछि उनलाई लिइएको निर्देशक शैलेष कोलानुले बताएका छन् । यस चलचित्रबारे बोल्दै राजकुमारले पनि चलचित्र ‘हिट’ हेरिसकेपछि यो चलचित्रको कथालाई लिएर आफू उत्साहित भएको बताएका छन् । उनी भन्छन्, यसको लागी म उत्साहित छु' ।