कोरोना सङ्क्रमित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई शुक्रवार राति अचानक अस्पताल भर्ना गरिएको छ । अमिताभ बच्चन र अभिषेक बच्नपछि अब ऐश्वर्या र उनकी छोरी आराध्या बच्चन पनि अस्पताल भर्ना भएका हुन् । श्वासप्रश्वासमा समस्या देखिएपछि आमा र छोरी दुवैलाई अस्पताल लागिएको हो । यस अघि अमिताभ र अभिषेक कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए । ऐश्वर्या जल्सास्थित आफ्नै निवासमा चिकित्सकको निगरानीमा आइसोलेसनमा बसेकी थिइन् । उपचारको क्रममा अस्पताल मा रहेका अमिताभले भने अस्पतालबाट पनि सामाजिक सञ्जालमा अपडेटेड छन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो सुस्वास्थ्य कामना गरेकोमा प्रशंसक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । चिकित्सकले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका छन् । बच्चन परिवारका चार सदस्य यति बेला नानावती अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् ।