दीपिका पादुकोण बलिउडकी चर्चित र सफल नायिका हुन् । उनलाई पर्दामा फरक फरक अवतारमा फरक अभिनेतासँग स्क्रिन गरेको देखिन्छ । दीपिकाले बलिउडका चर्चित र सफल अभिनेतासँग स्क्रिन सेयर गरेको हेर्ने रहर दीपिकाका फ्यानहरूमा हुने गर्छ । दर्शकले धेरै रुचाउने सफल अभिनेत्री दीपिका र दक्षिण भारतका स्टार प्रभास एउटै पर्दामा देखिने भएका छन् । भारतीय मिडियाका अनुसार उनीहरू एक तेलेगु चलचित्रमा एकसाथ देखिन लागेका हुन् । नाग अश्विनले निर्देशन गर्ने चलचित्र तेलेगुमा मात्र नभएर हिन्दी र तामिलमा पनि डब हुने बताइएको छ । साइन्स फिक्सन जनरमा निर्माण हुने यस चलचित्र को पृष्ठभूमि तेस्रो विश्वयुद्धको रहने छ । बुझिए अनुसार चलचित्रको नाम 'प्रभास २१' रहने र चलचित्र निर्माण पक्षले आधिकारिक घोषणाको तयारी गरिरहेको छ । प्रभास र दीपिकाले पहिले पटक स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्र आउँदो वर्षको अप्रिलदेखि छायाङ्कनमा जानेछ ।