भारतीय सफल टेलिसिरियल कुमकुम भाग्यको सेटमा आगो लागेको छ । कुमकुम भाग्यको लकडाउनको लामो समय पछिको ब्रेकबाट सामाजिक दुरी कायम गरी सुटिङ गर्न सुरु गरिएको थियो । भारतीय मिडियाका अनुसार सुटिङको दौरानमा  सेटमा आगो लागेको हो । आगलागी भए लगत्तै सेटमा प्रहरी पुगेको र कलाकारको भागाभाग भएको बताइएको छ । सबै कलाकार आफ्नो काममा व्यस्त भएका बेला आगलागी हुँदा पनि सबै कलाकार र क्रु सुरक्षित रहेका छन् । सेटमा आगो लाग्नुको कारण विधुत सर्ट रहेको बताइएको छ । आगलागी हुँदा सिरियलका मुख्य कलाकार शृती झा, शब्बिर अह्लुवलिया पनि सेटमै रहेको र उनीहरू त्यहाँ बाट भागेर सुरक्षित रहेको भारतीय मिडियाले जनाएका छन् । सिरियलमा प्रज्ञाको भूमिका निभाएकी शृतीले इन्स्टाग्राममा आफू सुरक्षित रहेको उल्लेख गरेकी छिन् ।