बलिउड अभिनेता सलमान खान पछिल्लो समय चलचित्रबाट भन्दा पनि अरु नै कामबाट चर्चामा छन् । उनी कोरोना महामारीले गर्दा जारी गरिएको लकडाउन सँगै आफ्नो फार्म हाउसमा बसिरहेका छन् । उनले त्यहाँ बाट आफ्नो दैनिक क्रियाकलापहरूका तस्बिर आफ्नो सामाजिक सञ्जाल मा पोस्ट गरिरहेका छन् । यही क्रममा उनले केही दिन अघि एउटा तस्बिर सार्वजनिक गरेका थिए जुन सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उनले 'रेस्पेक्ट टु अल द फार्मरस' भन्दै इन्टाग्राममा हिलाम्मे फोटो पोस्ट गरेका थिए । यस फोटोमा सल मानका फ्यानहरूले निकै तारिफ गरेका थिए । भने सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । खानले हिजो फेरी आफ्नो इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेका छन् जसमा उनी उनी आफैँले खेतमा ट्र्याक्टर लगाइरहेको देखिन्छ । खानले 'फार्मिङ' भन्दै भिडियो अपलोड गरेका हुन् । उनले धान रोप्नको लागी खेतमा ट्याक्टर लगाएका हुन् । भिडियोमा उनले ट्र्याक्टर चलाएर चालकलाई सघाएको देख्न सकिन्छ । उनले सार्वजनिक गरेको तस्बिर र भिडियोबाट खान पछिल्लो समय खेतीपातीमा मन लगाउन थालेको बुझ्न सकिन्छ ।