आफ्नै घरमा आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतको जीवनमाथि चलचित्र बन्ने भएको छ । नातावादका कारण बलिउडमा बहिष्कृत भएपछि र फिल्म इन्डस्ट्रीमा आफूलाई अगाडी बढ्न गाह्रो भएपछि उनले आत्महत्याको बाटो रोजेको भनि बलिउडमा बहस भइरहेको छ । सुशान्तको फिल्मी करियर व्यक्तिगत जीवन र उनको मृत्युलाई लिएर 'सुसाइड और मर्डर' नामक चलचित्र निर्माण हुने भएको हो । चलचित्रमा सुशान्तको भूमिकामा सचिन तिवारी देखिने भएका छन् । सुशान्तसँग अनुहार मिल्ने सचिन पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । विजय शेखर गुप्ताको प्रोडक्सनमा निर्माण हुने चलचित्रको फर्स्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको छ । गुप्ताका अनुसार चलचित्र सेप्टेम्बरको बिचबाट फ्लोरमा जानेछ । एउटा ठुलो सपना बोकेर बलिउडमा प्रवेश गरेका सुशान्तको मृत्युले उनको काम मन पराउने शुभचिन्तकलाई निकै ठुलो आघात परेको छ ।