बलिउडमा एक पछि अर्को नयाँ चलचित्र निर्माणको घोषणा भइरहेको छ । कोरोना महामारीले हल कहिले सञ्चालनमा आउने र चलचित्र प्रदर्शन कहिले देखी सुरु हुने त्यो निश्चित नभए पनि निर्माताहरुले नयाँ चलचित्र घोषणा क्रम जारी छ । नयाँ चलचित्र निर्माण घोषणा गर्ने क्रममा चलचित्र 'फोन भूत' निर्माणको घोषणा भएको छ । चलचित्रमा अभिनेत्री कट्रिना कैफका साथमा इशान खट्टर र सिद्धार्थ चतुर्वेदीको मुख्य भूमिका रहने बताइएको छ । चलचित्रको फस्टलुक पनि सार्वजनिक भैसकेको छ । गुरमित सिंहले निर्देशन गर्ने चलचित्रलाई रितेन सिधवानी र फरहान अख्तरले निर्माण गर्ने छन् । अलौकिक शक्तिको बारेमा बन्न लागेको यस चलचित्र वर्षको अन्तिमबाट फ्लोरमा जाने भारतीय मिडियाले जनाएका छन् ।