बलिउड अभिनेता सलमान खान र निर्देशक कबिर खानको सहकार्य दर्शकले खुबै रुचाउँछन् । उनीहरूले यस अघि ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’, ‘ट्युबलाइट’ जस्ता सुपर हिट चलचित्रमा सहकार्य गरिसकेका छन् । फेरी यी दुई खानबिच एक पटक सहकार्य हुने भएको छ । 'टाइगर सिरिज' को तेस्रो चलचित्रमा उनीहरूको सहकार्य हुने भएको हो । 'टाइगर जिंदा है'का निर्देशक अलि अब्बास जफरले यो सहकार्यलाई अगाडी बढाएका हुन् । यस चलचित्र सन् २०२२ मा प्रदर्शनमा आउने बताइएको छ । कबिरको आगामी फिल्म '८३' प्रदर्शनको तयारीमा छ भने  सलमान निर्देशक प्रभुदेवाको फिल्म 'राधेः योर मोस्ट वान्टेड भाइ'मा देखिने छन् ।