बलिउड महानायक अमिताभ बच्चन र अभिनेता अभिषेक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाको सङ्क्रमण देखिएपछि करिब दुई हप्ता अगाडी अस्पताल भर्ना भएका दुवै अभिनेताको स्वाब टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हो । सामान्य कोरोनाको लक्षण देखिएर अस्पताल भर्ना भएका दुई बाबुछोराको रिपोर्ट पोजेटिभ आएपछि सम्पूर्ण परिवारको स्वाब परीक्षण गरिएको थियो । जसमा ऐश्वर्या राय बच्चन र आराध्या बच्चनलाई पनि कोरोना पुष्टि भएको थियो । सङ्क्रमण देखिएपछि पनि होम आइसोलेसनमा बसेका ऐश्वर्या र आराध्यालाई श्वासप्रश्वासमा समस्या आयपछि सोही अस्पतालमा भर्ना गरिएको छ । यो टेस्टमा रिपोर्ट नेगेटिभ आए पनि अझै दुई परीक्षण गर्न बाँकी नै रहेको छ । लगातार तीन टेस्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिने छ । अहिलेसम्म ऐश्वर्या र उनकी छोरी आराध्याको रिपोर्ट भने आएको छैन ।