पछिल्लो समय बलिउडका महँगा अभिनेतामा गनिन्छन् अक्षय कुमार । साथमा उनी बलिउडका सर्वाधिक कमाई गर्ने अभिनेता पनि हुन् । आफूलाई अफर आएका चलचित्रको लागी अस्वीकार नगर्ने अक्षय आगामी महिना चलचित्र ‘बेलबटम’को छायाङ्कनका लागि लन्डन जाने तयारी गर्दै छन् । उनी अर्को चलचित्र ‘अतरंगी रे’मा पनि अनुबन्धित भैसकेका छन् । यस चलचित्रमा उनी विशेष भूमिकामा देखिँदै छन् । चलचित्रमा धनुष र नायिका साराअली खानको मुख्य भूमिका रहने छ । अक्षय कुमारको विशेष भूमिका रहने भएकाले उनले यस चलचित्रको लागी दुई हप्ता दिनेछन् । दुई हप्ता काम गरेबापत अक्षयले २७ करोड पारिश्रमिक लिएका छन् । छोटो भूमिका अनि छोटो समयको लागी यती धेरै पारिश्रमिक लिएपछि अक्षयको चर्चा बलिउडमा चुलिएको छ । आनन्द एल रायको निर्देशन गर्ने छन् । अतिथि भूमिकाका लागि चर्चित नायकको खोजीमा रहेका निर्देशक आनन्दले अक्षयलाई महँगो पारिश्रमिक दिएर काम गराएका हुन् । यसै भूमिकाको लागी पहिले ॠतिक रोशनलाई एप्रोच गरिएको तर उनले नमानेको बलिउड मिडियाले जनाएका छन् ।