कोरोना सङ्क्रमित बलिउड महानायक अमिताभ बच्चन यति बेला अस्पताल मा स्वास्थ्य लाभ गरिरहेका छन् । दुई हप्ता अघि कोरोना पोजेटिभ देखिए पछि उनी मुम्बईको एक अस्पतालमा उपचारको क्रममा छन् । अस्पतालबाट नै सामाजिक सञ्जालमा सक्रिय बच्चन अस्पतालमा आफूले भोगेका र आफूलाई लागेका कुरा सामाजिक सञ्जालमा राखिरहेका छन् । आफ्ना बिलकुल नयाँ अनुभवहरू सार्वजनिक गर्दै उनले सबैलाई आफूले अस्पतालमा हुँदा लामो समय एकान्तमा बिताउँदाको क्षणको बारेमा बताएका छन् । आइसोलेसन वार्डमा राखेर कसैको सम्पर्कमा आउन नदिई उनको उपचार भइरहेको छ भने उनले यस समय निकै कठिन भएको खोलेका छन् । उनले आफ्नो ब्लगमा रातको अँध्यारोमा एक्लै कहिले गाउने कहिले  सुत्नका लागि आँखा बन्द गर्ने कोसिस गर्ने तर असफल हुने जस्ता कुरा लेखेका छन् । उनले आफू यस अवस्थामा रहँदा कोरोनाभाइरसबाट पीडित बिरामीको मानसिक स्वास्थ्य कस्तो हुने भनी आफूले अनुभव गरेको सुनाएका छन् ।

उनी आफूले कति दिन भइसक्दा पनि कसैको अनुहार देख्न नपाएको र पीपीइ लगाएका डक्टर नर्स रोबर्ट जस्ता लाग्ने पनि उल्लेख गरेका छन् । केबल औषधी दिन र आफूलाई जाँच गर्न आउने उनीहरू भावना अनुभव र उनीहरूको उपस्थिति आभास नहुने उनले ब ताएका छन् । यसरी लामो समयसम्म एकान्त र उपचारको लामो प्रक्रियामा एक्लो हुँदा अमिताभ बच्चनको मानसिक अवस्था पनि केही जटिल हुने अनुमान गरिएको छ । जीवनको अधिकतम समय चलचित्रको सेट, सम्पूर्ण क्रु तथा भिडभाड यसै गरी घरमा पनि आफ्नो परिवारसँग बसेका बच्चनलाई यो जटिल समयले मानसिक रुपमा धेरै असार गर्नु सामान्य नै हो । यसले आम कोरोना सङ्क्रमित बिरामीको मानसिक अवस्था कस्तो होला भनी सजिलै अनुमान लगाउन सकिन्छ ।