हलिउडकी प्रख्यात अभिनेत्री ओलिभिया डी हाभिल्यान्डको निधन भएको छ । १०४ वर्षकी ओलिभियाले ५० वर्षको अभिनयको करिअरमा झन्डै ५० वटा फिचर चलचित्रमा काम गरेकी थिइन् । उनी ‘गोल्डेन एज अफ हलिउड’की एक मात्र जीवित अभिनेत्री थिइन् । उनी सन् १९३९ मा आएको चर्चित फिल्म 'गोन विथ द विन्ड'की चर्चित अभिनेत्री हुन् । उनको यस चलचित्र पहिलो पटक ओस्कर अवार्डमा मनोनयनमा परेको थियो । ओलिभिया सन् १९१६ मा टोकियोमा जन्मिएकी थिइन् । उनको मृत्युसँगै हलिउडको एउटा जीवित इतिहासको अन्त्य भएको छ । ओलिभियाको निधनले सम्पूर्ण हलिउड शोकमा परेको छ । उनी सबैभन्दा धेरै वर्ष बाँच्ने ओस्कर विजेता कलाकार समेत बन्न पुगेकी छिन् ।