कोरोना सङ्क्रमित बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोनामुक्त भएपछि उनी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । बच्चनले आफैँ फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । उनले अबको केही समय घरमा नै आइसोलेसनमा रहने ब ताएका छन् । अमिताभका छोरा तथा अभिनेता अभिषेक बच्चनको भने रिपोर्ट पोजेटिभ नै आएको छ । यसैले उनी अझै केही दिन अस्पताल नै रहनु पर्नेछ । अभिषेकले सामाजिक सञ्जाल ट्विटरमा एक स्ट्याटस लेख्दै आफ्नो पछिल्लो कोरोना रिपोर्ट पोजेटिभ आएकोले अझै अस्पतालमा बस्नु पर्ने बताएका हुन् । गत असार २७ गते बच्चन बाबु छोरालाई नै कोरोना पोजेटिभ देखिएको थियो । त्यसयता उनीहरू अस्पताल स्वास्थ्य लाभ गरिरहेका थिए ।