आनन्द एल रायको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘रक्षाबन्धन’मा अभिनेता अक्षय कुमार फाइनल भएका छन् । आज रक्षा बन्धनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो । चलचित्रको निर्माण घोषणा सँगै नायक अक्षय कुमारले चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् । चलचित्रलाई आउँदो वर्षको नोभेम्बर ५ तारिखमा रिलिज गर्ने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रमा सम्बन्धको सेलिव्रेसनको कथा रहेको निर्देशक आनन्दले बताएका छन् । साथै अभिनेता अक्षय कुमारले चलचित्रको कहानीले दर्शकको मन जित्ने र कहिले हँसाउने त कहिले रुवाउनेमा आफू विश्वस्त रहेको जनाएका छन् । यसमा ४ बहिनी र अक्षयको सम्बन्धको कथा देखाइने छ । अक्षय र उनकी बहिनीको जीवनसँग यस चलचित्र मेल खाने बुझिएको छ । ‘रक्षाबन्धन’लाई अक्षयकी बहिनी अलका, निर्देशक आनन्द एल राय र अक्षयले मिलेर निर्माण गर्न लागेका हुन् ।