विश्व भर नै कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला भारत सङ्क्रमण जोखिमको अग्र पङ्तिमा छ । चर्चित कलाकारदेखि नेतासम्मलाई कोरोना सङ्क्रमण भएको खबर आइरहेका बेला अभिनेत्री दिशा पटानीको बुबामा पनि कोरोना सङ्क्रमण देखिएको खबर आएको छ । भारतीय मिडियाका अनुसार चर्चित अभिनेत्री दिशाका बुवा जगदीश पटानीलाई कोरोना देखिएको हो । भारतको उत्तर प्रदेश बिजुली विभाग, सतर्कता इकाइमा कार्यरत उनका बुवा र अन्य दुई अधिकारी ट्रान्सफर्मर घोटालाको अनुसन्धानमा गर्न लखनउबाट बरेली गएका थिए ।  लखनउबाट बरेली गएका उनीसँगै ३ जनामा पनि कोरोना देखिएको छ । दिशालाई भने सङ्क्रमण भए नभएको बारे केही खबर बाहिरिएको छैन ।