बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजनको तह कम भएपछि र बेचैनी बढेपछि अस्पताल भर्ना गरिएको हो । सास फेर्न गाह्रो भएपछि उनको कोरोना टेस्ट पनि गरिएको छ । तर उनको रिपोर्ट भने नेगेटिभ आएको छ । उनी मुम्बईको लिलावती अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् । दत्त आफैले ट्विटरमार्फत आफ्नो स्वास्थ्यको जानकारी दिएका हुन् । उनले आफू अहिले डाक्टरको निगरानीमा भएको र कोभिड रिपोर्ट नेगेटिभ आएको तथा आफ्नो स्वास्थ्य ठिक रहेको उनले जनाएका छन् । उनले आफ्नो अवस्था सामान्य भएको र चिकित्सकले केही दिनमा नै अस्पतालबाट डिस्चार्ज गरिने समेत उल्लेख गरेका छन् ।