बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । कोरोना महामारीको कारण बलिउडका निर्माण भएर रिलिजको तयारीमा रहेका चलचित्रहरू एक पछि अर्को गर्दै ओटिटी रिलिज भइरहेका छन् । यस वर्षको क्रिसमसमा रिलिज गर्ने तयारी गरिरहेको चलचित्र अब अर्को वर्षको क्रिसमसमा मात्र रिलिज हुने भएको हो । टम ह्याक्सको 'फरेस्ट गम्प' मा आधारित यस चलचित्र आमिरको प्रतीक्षित चलचित्र हो । लकडाउन खुकुलो भएसँगै सावधानी अपनाएर आमिर लोकेसनको लागी टर्की पुगेका छन् । आमिर खान प्रोडक्सनको ‘लाल सिंह चड्ढा’ मा आमिर खान र करीना कपूर खान मुख्य भूमिकामा छन् । केही प्रतिशत छायाङ्कन लकडाउन अगाडि चण्डिगढ र कोलकातामा गरिएको थियो । यसलाई अद्वैत चन्दन र स्क्रिन प्ले अतुल कुलकर्णीले निर्देशन गरेका हुन् ।