नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी अभिनेत्री निरिशा बस्नेत भारतीय सिरियलमा कम ब्याक गर्दै छिन् । भारतको चर्चित सिरियल 'चन्द्र नन्दिनी' मा गरेर राम्रो पतिकृया पाएकी उनले तीन वर्ष पछि हिस्टोरिकल फिक्सन सिरियल 'तेनाली रामा' बाट कम ब्याक गर्न लागेकी हुन् । उनले सिरियलमा रहेको आफ्नो भागको छायाङ्कन पूरा गरिसकेको जानकारी दिएकी छिन् । 'तेनाली रामा' मा उनले केमियो भूमिकामा अभिनय गरेकी छन् । भिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको यस सिरियल 'सब टिभी' बाट प्रसारण हुने छ । निरिशाले आफ्नो भूमिका केमियो भए पनि महत्त्वपूर्ण रहेको बताएकी छिन् । साथै 'चन्द्र नन्दिनी'को भन्दा छोटो भए पनि यस सिरियलको भूमिका महत्त्वपूर्ण भकेको उनले जानकारी दिएकी छिन् । बस्नेतले एक साउथ फिल्म समेत साइन गरेकी छन् । छायाङ्कनको लागी फ्लोरमा गएकै भोलेपल्ट देखी भारतमा लकडाउन भएका कारण काम हुन नपाएको उनको भनाइ छ । उनले आफूले बलिउडमा समेत अभिनयाँ गर्ने सपना देखेको समेत बताएकी छिन् ।