बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ । केही दिन अगाडि सास फेर्न र छातीमा समस्या भएपछि सञ्जय दत्त मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका थिए । कोरोना सङ्क्रमणको आशङ्का गरी उनको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । विभिन्न स्वास्थ्य परीक्षण गर्दा उनलाई तेस्रो स्टेजको क्यान्सर भएको पुष्टि भएको हो । क्यान्सरको उपचारका लागि सञ्जय अमेरिका जाने बताइएको छ । स्वास्थ्यमा समस्या आएपछि मङ्गलवार उनले केही समय फिल्म इन्डस्ट्रीबाट ब्रेक लिने घोषणा गरेका थिए । आफूलाई तेस्रो स्टेजको क्यान्सर भएको खबर थाहा पाएपछि उनी स्तब्ध भएको भारतीय मिडियाले जनाएका छन् । सञ्जयका एक निकट मित्रले उनका साना-साना छोरा-छोरी रहेको उनीहरू आफ्नी आमासँग दुबईमा छन् । यसै कारण दत्त अझ बढी चिन्तित रहेको ब ताएका छन् । सञ्जयकी आमा नरगिसको क्यान्सरबाट निधन भएको थियो ।